गुल्मी- यहाँ एक युवक मृतावस्थामा फेला परेका छन्। गुल्मी, धुर्कोट गाउँपालिका–४ को जैसीथोक बस्ने २२ वर्षीय कमल खत्री मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले बताए।
शुक्रबार बेलुकी घरबाट निस्केका खत्री रातिसम्म पनि घर नफर्केपछि आज खोज्दै जाने क्रममा उनलाई घर नजिकै बाटोबाट दुई सय मिटर तल मृत अवस्थामा फेला पारिएको उनले बताए।
प्रहरीले घटनास्थलको मुचुल्का बनाई शव परीक्षणका लागि जिल्ला अस्पताल तमघासमा ल्याउने तयारी गरेको बताइएको छ। तीन वर्षपछि कुलपूजाका लागि भनेर घर आएका खत्री शुक्रबार बेलुका कुलपूजाका निम्तालुहरुलाई खाना खुवाएर सकेपछि घरबाट बाहिर निस्केका थिए।
प्रकाशित: २८ मंसिर २०७६ १४:०७ शनिबार