१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

मोटरसाइकल दुर्घटनामा दुई गम्भिर घाइते

नेपालगन्ज- पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको कचनापुर जंगलमा मोटरसाइकल दुर्घटना हुँदा २ जना गम्भिर घाइते भएका छन्।

नेपालगन्जबाट दाङ्गतर्फ जादै गरेको भे९प ८५६९ नम्बरको पल्सर मोटरसाइकल शनिबार जिरो नजिकै दुर्घटना हुँदा बैजनाथ गाउँपालिका ८ बाँके निवासी मोटरसाइकल चालक सरोज चौधरी र उनकी पत्नी सुशिला थारुको गम्भिर घाइते भएको प्रहरी चौकी गाभरपुर अगैयाले जनाएको छ।

दुर्घटनामा एक वर्षको बच्चालाई भने चोट नलागेको प्रहरीले जनाएको छ। घाइते दुबैको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको र अवस्था गम्भिर रहेको बताइएको छ।

 

प्रकाशित: २८ मंसिर २०७६ १३:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App