५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु

चितवन- मोटरसाइकल एकापसमा ठोक्किँदा बिहीबार साँझ एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२५ का ३६ वर्षीय रामचन्द्र रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
 
भरतपुरबाट रामपुरतर्फ गइरहेको ना४०प ७३१३ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु४प ६६५० नंको मोटरसाइकल भरतपुर महानगरपालिका–१५ रामपुरमा साँझ ५ बजेर ४५ मिनेटमा ठक्कर खाएको हो। प्रहरीका अनुसार ना४०प ७३१३ नंको मोटरसाइकल चालक रेग्मीको उपचारका क्रममा साँझ ६ बजेर ५५ मिनेटमा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो।
 
सोही दुर्घटनामा परी  लु४प ६६५० नंको मोटरसाइकल चालक भरतपुर महानगरपालिका–२० का २५ वर्षीय मानबहादुर मस्याङ्गीे घाइते भएका हुन्। उनको  चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। 

प्रकाशित: २० मंसिर २०७६ ०६:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App