१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

मुस्ताङमा भारतीय नागरिकको मृत्यु

पोखरा- मुस्ताङमा बुधबार एक भारतीय नागरिकको मृत्यु भएको छ। भारतको छत्तिसगढको रायपुर बस्ने ६१ वर्षीया सरालु नाडुको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।

मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित जोमसोम बजारको एक होटलमा बास बसेको अवस्थामा उनको मृत्यु भएको हो। अत्यधिक उचाइका कारण मृत्यु भएको बताइएको छ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: १९ मंसिर २०७६ ०६:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App