१७ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

सुनसरीमा ट्रक र एम्बुलेन्स ठोक्किँदा ६ जनाको मृत्यु(मृतकको नामावलीसहित)

धरान- सुनसरीमा एम्बुलेन्स र ट्रक एकआपसमा ठोक्किँदा ६ जनाको मृत्यु भएको छ। विराटनगरस्थित गोल्डेन अस्पतालबाट उदयपुर जाँदै गरेको को १ च ९३६४ एम्बुलेन्स र  वीरगंजबाट विराटनगर जाँदै गरेको ना २ ख ९०८२ ट्रक नम्बरको ट्रक एकआपसमा ठोक्किदां एम्बुलेन्समा सवार ६ जनाको मृत्यु जनाको मृत्यु भएको हो।

एम्बुलेन्समा अस्पतालबाट ल्याइएको एक शव पनि थियो। उक्त शवसहित एम्बुलेन्समा सात जना सवार थिए। जसमा जीवित ६ जनाकै मृत्यु भएकाे हाे। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी विनोद शर्माकाअनुसार  एम्बुलेन्समा १ महिला(शिवमाया राई)र ६ पुरुष सवार थिए। उनका अनुसार मृत्यु हुनेमा  उदयपुरको त्रियुुगा नगरपापलिकाका राजेश दनुवार, दुुर्गाधन राई, टेकेन्द्र राई, तुलाबहादुर राई, मुकेश राइ र दिनेश राई रहेका छन्। एम्बुलेन्समा अस्पतालबाट ल्याइएको शिवमाया राईको शव पनि थियो। शिवमायाको शवसहित उम्बुलेन्समा सात जना सवार थिए।

अस्पतालमा शिवमाया राइको मृत्यु भएपछि उनको शव लिएर फर्कदै गरेको एम्बुलेन्सलाई ट्रकले ठक्कर दिएको थियो। ट्रक चालक भने फरार छन्। तीब्र गतिका कारण घटना भएको हुनसक्ने शर्माले बताए।

 मृतक सबैको शव सुनसरी सदरमुकामस्थित इनवरुवा अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ । मृतक दनुवार एम्बुलेन्स चालक हुन् भने अन्य सबै एकै परिवारको भएको अनुमान गरिएको छ।

प्रकाशित: १५ मंसिर २०७६ ०२:१३ आइतबार

दुर्घटना