१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

मृतक बालिकाको शव २२ घण्टादेखी घटनास्थलमै

टीकापुर- कैलालीको जानकी गाउँपालिका–४ मुनुवामा हिजो अपरान्ह ट्याक्टरको ठक्करबाट मृत्यु भएकी बालिकाको शव अहिले पनि घटनास्थलमै रहेको छ।

माटो बोकेर फर्किरहेको से १ त ३९०४ नम्बरको ट्याक्टरको ठक्करले सोही ठाउँकी ११ वर्षकी समिक्षा चौधरीको हिजो अपरान्ह ४ बजे मृत्यु भएको थियो। भाईलाई साइकलमा बोकेर विद्यालयबाट घर फर्किरहेकी चौधरीलाई मुनुवा चोक नजिकै ट्याक्टरले ठक्कर दिएको प्रहरीले बताएको छ।

स्थानीयका अनुसार उनी सर्वोशिखर बोर्डिङ स्कुलमा कक्षा ५ मा अध्ययनरत थिइन्।

घटना लगत्तै मृतक बालिकाका आफन्त विरोधमा उत्रिएका छन्। उनीहरुले क्षतिपूर्ती र दोषीलाई कानूनी कारवाहीको माग गर्दै प्रदर्शन थालेका छन्। मृतकका आफन्तको विरोध प्रदर्शनका कारण टीकापुर–जोशीपुर सडकखण्ड ठप्प छ। स्थानीयले मुनुवामा प्रदर्शन जारी राखेका छन्।

उनीहरुले ट्याक्टरधनीसँग घटनास्थलमै वार्ता हुनुपर्ने माग अघि सारेको बताइएको छ। माहौल नियन्त्रण बाहिर जान थालेपछि गाउँपालिका अध्यक्ष प्रदिप चौधरी घटनास्थल पुगेका छन्।  

प्रहरीले ट्याक्टर चालक नियन्त्रणमा आईसकेको बताएको छ। इलाका प्रहरी कार्यालय टीकापुरका इञ्चार्ज डिएसपी मनोहर भट्टले पीडित पक्ष र ट्याक्टरधनीबीच वार्ताको प्रयास भैरहेको जानकारी दिए।

प्रकाशित: १३ मंसिर २०७६ ०८:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App