५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

उदयपुरमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

उदयपुर- उदयपुरको कटारी नगरपालिका ११ बेतिनीमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। विपरित दिशाबाट आउँदै गरेको प्र १–०५–००१ क ०००१ नं. को ट्रकबाट बँच्न खोज्दा दुर्घटनामा परी कटारी नगरपालिका ३ का ३४ वर्षीय सन्तोष कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरका अनुसार कटारीतर्फ आउँदै गरेको स ११ प ३२२६ नं. को मोटसाइकल राति ७ बजे भएको दुर्घटनामा परी गम्भीर घाइते भएका कार्कीको उपचारका लागि कटारी अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो। कटारी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. पवन साहका अनुसार दुर्घटनामा परी घाइते मोटरसाइकल चालक कटारी ३ कै नवराज कुँवरको उपचार भईरहेको छ।

बेतीनी प्रहरी चौकीले ट्रक नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाइएको छ। मृतकको शव पोष्टमार्टमका लागि कटारी अस्पतालमा राखिएको एसपी मगरले बताए।

प्रकाशित: ८ मंसिर २०७६ ०७:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App