५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

महाबौद्ध गुम्बाको मूर्ति चोरी

 भरतपुर- भरतपुर महानगरपालिका–२ मा रहेको महाबौद्ध गुम्बा तीनखोलेमा गएराति मूर्ति चोरी भएको छ। सुनको जलप लगाइएको तीन फिटको मूर्ति चोरी भएको र सेफ (गोप्य दानपेटिका) फोडिएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष विमला गुरुङले जानकारी दिइन्। गुम्बामा लगाइएको ताला फोडेर चोरी भएको उनले बताइन्।
    
गुम्बाको सेफ तीन वर्षदेखि खोलिएको थिएन। उनले दानपेटिकामा लाखौँ रुपैयाँ रहेको बताइन्। बिहान ४ बजे गुम्बामा पूजा गर्न जाने क्रममा चोरी भएको थाहा भएपछि प्रहरीलाई खबर गरिएको थियो। प्रहरीले मुचुल्का उठाउनाका साथै चोरीमा संलग्नको खोजी भइरहेको जनाएको छ। रासस    
 

प्रकाशित: ८ मंसिर २०७६ ०५:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App