१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

गाडीको ठक्करबाट बानेश्वरमा पैदल यात्रीको मृत्यु

काठमाडाैँ – सवारी साधनको ठक्करबाट काठमाडौंको नयाँबानेश्वरमा एक पैदल यात्रीको मृत्यु भएको छ । संसद भवनको दक्षिण गेट अगाडि सवारी साधनको ठक्करबाट अन्दाजी ५०-५५ वर्षका पुरुषको मृत्यु भएको बानेश्वर प्रहरी वृत्तले जनाएको छ ।

मृतकको नाम ठेगाना खुलेको छैन । ठक्कर दिने सवारी साधनको पनि पहिचान भएको छैन । मृतकको टाउकोमा गम्भीर चोट देखिएको बानेश्वर प्रहरी वृत्तका डीएसपी दुर्गाराज रेग्मीले जानकारी दिए ।

आइतबार बिहान अन्दाजी ६ बजेतिर उक्त दुर्घटना भएको र ठक्कर दिने गाडी भागेको प्रहरीको भनाइ छ । ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनका अनुसार मृतकको टाउकोमा गम्भीर चोट देखिन्छ ।

प्रकाशित: ८ मंसिर २०७६ ०४:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App