६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

जाजरकोटमा दुई तस्कर काठ सहित पक्राउ

वरामद गरिएको काठ मिलाउदै डिभिजन वनका कर्मचारीहरु।

जाजरकोट– जाजरकोटबाट अवैध रुपमा काठ तस्करी गर्ने दुई जना पक्राउ परेका छन्।

विशेष सूचनाको आधारमा डिभिजन वन कार्यालय, जाजरकोट र नेपाल प्रहरीको गस्ती टोलीले उनीहरुलाई शिवालय गाउँपालिका–९ बालुवाबाट पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा शिवालय गाउँपालिका–९ बालुवाका दलसिंह महतरा र गोपाल वुढा रहेका छन्। उनीहरु ४३ थान सालको चिरान काठ सहित पक्राउ परेका हुन्।

उनीहरुले निजी घर बनाउन प्रयोग गर्ने उद्धेश्यले नाहाडा सामुदायिक वनबाट मंगलवार काठ चोरी गरेका डिभिजन वन कार्यालयका निमिक्त प्रमुख महेश कुमाईले जनकारी दिए।  

उनीहरुले तस्कारी गरेको काठ ४७ दशमलव ६२ क्युफीट रहेको कुमाईले जानकारी दिए। उनीहरुविरुद्ध वन ऐन–२०७६ को दफा ४९ मा उल्लेख गरिएको कसुर बमोजिम वन मुद्धा लगाउने तयारी गरिएको छ। थप अनुसन्धानका लागि हाल हिरासतमा राखेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

जिल्लामा अहिले जंगल फडाँनी, वन्यजन्तुको अवैध शिकार तथा चोरी, जडिबुटीको चोरी तस्करी तथा अपराधहरु बढ्दै गएको स्थानीयहरुले बताएका छन्। उनीहरुले चोरी पेठारी  नियन्त्रण तथा अवैध धन्दा नियन्त्रण गर्न सरोकारवाला निकायसंग माग समेत गरेका छन्। 

प्रकाशित: ४ मंसिर २०७६ १०:३१ बुधबार

काठ_तस्करी पक्राउ