१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सूचना लुकाउदिन : थापा

काठमाडौं – नेकपा केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख सूर्य थापाले प्रधानमन्त्रीका प्रेस सल्लाहकारको रूपमा जिम्मेवारी सम्हाल्दै पाएको सूचना जस्ताको तस्तै प्रवाह गर्ने बताएका छन्।

सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा सञ्चारकर्मीसँग कुराकानी गर्दे प्रेस सल्लाहकार थापाले आफूले प्रधानमन्त्रीसँग सम्बन्धित कुनै पनि सूचना नलुकाई प्रवाह गर्ने प्रतिबद्धता जनाएका हुन्।

उनले सञ्चारकर्मीसँग सुझाव माग्दै आफू राम्रो गर्न आएकाले सकेसम्म सूचनालाई जस्ताको तस्तै प्रवाह गर्ने विषयमा कुनै कञ्जुस्याई नगर्ने बताएका थिए। उनले २०४८ सालपछिका प्रधानमन्त्रीका प्रेस सल्लाहकारहरूलाई बोलाएर सुझाव लिने र सोअनुसार अघि बढ्ने पनि बताए।

झलनाथ खनाल प्रधानमन्त्री हुँदा ६ महिना प्रेस सल्लाहकार रहेका थापा यसअघिका प्रेस सल्लाहकार कुन्दन अर्यालको राजीनामा दिएपछि नियुक्त भएका हुन्।

प्रकाशित: ४ मंसिर २०७६ ०२:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App