१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

गोरु काटेर खाने चार पक्राउ

बागलुङ –  बागलुङको काठेखोला गाउँपालिका–१ पालाबाट गोरु काटेर खाएको आरोपमा चार जना पक्राउ परेका छन्। साविकको पाला गाविस–४ को चिहानडाँडा भन्ने स्थानमा गोरु काटेर खाएको आरोपमा स्थानीयवासी ४७ वर्षीय यामबहादुर सार्की, २९ वर्षीय रेशम सार्की, २४ वर्षीय आइते किसान र १८ वर्षीय रवि किसान पक्राउ परेका हुन्।

पक्राउ परेका चारै जनाविरुद्व पशुसम्बन्धी कसुरअन्तर्गत गाई, गोरु मार्न वा कुट्न नहुने शीर्षकमा मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक झविन्द्र भट्टराईले जानकारी दिनुभयो। उनीहरु सबैलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धानसमेत भइरहेको उहाँको भनाइ छ।

विप्लव कार्यकर्ता पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एक कार्यकर्ता पक्राउ परेका छन्। जिल्लाको काठेखोला गाउँपालिका–४ तङ्ग्रामका नन्दराम थापालाई पक्राउ गरिएको हो। जिल्ला अदालतबाट फरार सूचीमा रहेका र पक्राउ पुर्जीसहितको म्यादसमेत जारी भएको थियो।

प्रकाशित: ३ मंसिर २०७६ ०३:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App