६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

लागुऔषधसहित पक्राउ

भक्तपुर – जिल्लाको भेलुखेलबाट लागुऔषधसहित एकजना पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर, भक्तपुरका अनुसार पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–४, भेलुखेलका ४८ वर्षीय राजन भेले छन्।

परिसरबाट खटिएको टोलीले अभियुक्तको घरबाट लागूऔषधसहित मोबाइल सेट र ९ हजार रूपैयाँसमेत बरामद गरिएको परिसरका सूचना अधिकृत रेवतीरमण पोखरेलले जनाए।

राजनलाई थप अनुसन्धानका लागि परिसरमा राखिएको जनाइएको छ। यस्तै, लागुऔषध किन्न खोजेको भन्दै प्रहरीले भक्तपुर नगरपालिका–६, भोलाछेका १८ वर्षीय आयुष कस्तीलाई पक्राउ गरेको छ। उनलाई महानगरीय प्रहरी परिसर, भक्तपुरमा राखिएको प्रहरीले जनाएको छ।

प्रकाशित: २१ कार्तिक २०७६ ०२:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App