३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

मकैबारीमा पनि फौजी किरा

महेन्द्रनगर- धानपछि मकैबारीमा पनि फौजी किराले आतकं मच्चाएको छ। जसका कारण कञ्चनपुर जिल्लाका किसान चिन्तित भएका छन्।

महाकाली नगरपालिका सहितका विभिन्न स्थानका किसानको मकैबारीमा अमेरिकन फौजी किराले आतकं मच्चाएको छ। फैजीकिराले मकैबारी नै नष्ट गरिदिएको छ। मकैको जरादेखि फलसम्म फौजी किराले छियाछिया पारिदिएको छ।

महाकाली नगरपालिका–५ दोधारा चाँदनीका किसान पान्नु भण्डारीले फौजीकिराले आफ्नो मकैबारी नष्ट गरिदिएको बताए। उनका अनुसार घाँस परियोजनका लागि लगाएको मकै किराले नष्ट गरिदिएको छ। ‘गाईगोरुको आहाराका लागि मकै खेती गरेका थियौँ, उनले भने, ‘तर पुरै खेतबारी किराले नष्ट गरिदियो।’ फौजी किराले भण्डारीको नष्ट गरेको मकैबारी कृषि प्राविधिक टोलीले अनुगमन गरेको छ। कृषि ज्ञान केन्द्र, बालि विकास लगायतको सयुक्त कृषि प्राविधिक टोलीले अनुगमन गरेको हो।

कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्टले फैजी किराको बालीनालीमा प्रवेश भयानक हुने बताए। कृषि ज्ञान केन्द्रका प्रमुख भट्टले समयमै फौजी किरा नियन्त्रण गर्न नसके अन्य खेतपातीमा समेत प्रवेश गर्ने बताए।

‘यसले सबैभन्दा बढि मकै रुचाउँछ, ‘उनले भने, ‘त्यो सकिएपछि उखु, धान, गहुँमा समेत प्रवेश गर्छ।’ उनका अनुसार अन्नबाली लगाउँदा खेत सरसफाई गर्नुपर्छ। प्रवेश गरेको थाहा पाउने बितिक्कै नजिकको कृषि प्राविधिक टोलीलाई खबर गरेर त्यसको वैकल्पिक आहाराको व्यवस्थान गर्र्नुपर्छ।

‘यो किराको अण्डा नै नष्ट गर्नुपर्छ, ‘कृषि प्राविधिक भट्टले भने, ‘सुरुमै यो किरा नष्ट गर्नका लागि विषादी छर्किनुपर्छ।’ कृषि ज्ञान केन्द्रका प्रमुख भट्टले जिल्लाका अन्य स्थानमा समेत फौजी किराले बालीनाली नष्ट गरेको विषयमा अनुगमन गरिने बताए।

फौजी किराले फैजीको जस्तै अन्नबालीमा आक्र्रमण गर्ने भएकाले त्यसलाई फैजी किरा भनिएको कृषि प्राविधिकहरुको भनाई छ।

प्रकाशित: १९ कार्तिक २०७६ १०:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App