१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

ससुराली हिडेका विकको त्रियुगामा डुबेर मृत्यु

उदयपुर-उदयपुरस्थित ससुराली आउने क्रममा खोटाङका एक व्यक्तिको त्रियुगा नदीमा डुबेर मृत्यु भएको छ। चौदण्डीगढी नगरपालिका ९ स्थित ससुराली आउँदै गरेका खोटाङका ६ का ४० वर्षीय सुबास विकको त्रियुगा तर्ने क्रममा डुबेर मृत्यु भएको हो।

सोमबार राति ८ बजे बेलटार बजारबाट चौनपा ९ ज्यामिरे अजगडास्थित ससुराली घर जानेक्रममा जमेको नदी तर्न खोज्दा डुबेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलटारलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। रातिको समयमा सामान्य पानी देखेर तर्न खोज्दा गहिरो दहमा फसेर निस्कन नसक्दा उनको मृत्यु भएको हुनसक्ने प्रहरी आशंका छ।

राति नदी तर्दैगर्दा डुबेर मान्छे चिच्याएको आवाज सुनेपछि स्थानीयले इप्रका बेलटारमा खबर गरेका थिए। इप्रकाका इन्पेक्टरको कमाण्डमा गएको सशस्त्रसहितको टोलीले उद्धारका लागि खोजे पनि नभेटिएका उनको शव मंगलबार विहान ९ बजे मात्र दहमै डुबेर मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए।

प्रहरीले घट्नास्थलको सर्जमिन मुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि बेलटार अस्पताल पठाएको र आफन्तलाई खबर गरेको जनाएको छ।

 

प्रकाशित: १९ कार्तिक २०७६ ०६:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App