५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

काठमाडौंबाट हराएका मोटरसाइकल फेला, सवारी धनीलाई फिर्ता

फाइल तस्बिर

काठमाडौं– ट्राफिक प्रहरीले विभिन्न समयमा काठमाडौँ उपत्यकामा हराएका २० मोटरसाइकल र एक कारलाई खोजी गरी सम्बन्धित धनीलाई बुझाएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको वसन्तपुर, कोटेश्वर, नैकाप, थापागाँउ, स्वयम्भू, त्रिभुवन शिक्षण अस्पताल, गोँगबु, सामाखुशी, पाटन, लुभु, बालकुमारीलगायत क्षेत्रबाट हराएका मोटरसाइकल र कार खोजी गरी सम्बन्धित धनीलाई बुझाएको हो। 

महाशाखाले राम थापा, गणेश खकुरेल, अटुल महर्जन, नवराज डङ्गोल, सञ्जय बोहरा, सुभाषकुमार श्रेष्ठ, रामप्रसाद गौतम, हिराकाजी महर्जन, बेसिक गौतम, रुपक शाक्य, सूर्यप्रकाश ठाकुर, किरणकुमार थापा, रोशन नगरकोटी, राकेश तामाङ, सुदर्शन घिमिरे, रोण्डो तामाङ, अर्जुनराज सेढाई, सन्देश कार्की, सविना तामाङको मोटरसाइकल तथा कार खोजेर बुझाएको हो। 

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले सवारी साधन हराएको निवेदनका आधारमा खोजेर सम्बन्धित धनीलाई जिम्मा लगाइएको जानकारी दिए। उपत्यकाबाट हराएका अधिकांश मोटरसाइकल तथा कार उपत्यका बाहिर लैजाने गरेको महाशाखाले जनाएको छ। महाशाखाले चालू आर्थिक वर्षमा मात्र ९२ हराएका मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ। मोटरसाइकल चोरी कार्यमा संलग्न २५ व्यक्तिलाई पक्राउ गरी मुद्दा चलाइएको महाशाखा प्रमुख ढकालले बताए। 

प्रकाशित: १८ कार्तिक २०७६ १५:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App