४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

खरका झुपडीमा जस्तापाता टल्काउँदै वगनासकाली गाँउपालिका

पाल्पा– खरका झुपडी भएका वगनासकाली गाउँपालिका भित्रका विपन्न घरधूरीलाई टिनका जस्तापाता वितरण गरिएको छ। गाउँपालिकाले चालु आर्थिक वर्ष २०७६/०७७को बजेटबाट फुस (खर)का छाना भएका विपन्न परिवारका १ सय ७ घर परिवारलाई जस्तापाता वितरण गरेको हो। 

वगनाशकाली गाउँपालिकाको पोखराथोक, यम्घा र खानी गाउँमा रहेका १ सय ९ घरहरुलाई प्रतिघर तीन वण्डलका दरमा टिनवितरण गरिएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए।

‘खरका झुपडीमा बस्ने गरिब परिवारले हरेक वर्ष खर किनेर घर छाउने पर्ने बाध्यता थियो’ अध्यक्ष बस्याल भन्छन्, ‘हिउँदमा आगो र वर्षायाममा पानीको समस्या टिन वितरण भएपछि कम हुने विश्वास गरेका छौं।’ उनले वगनाशकाली गाउँपालिका आगामी दुई महिना भित्र पूर्ण रुपमा फूस रहित उज्यालो गाउँपालिका बन्ने अध्यक्ष बस्यालले बताए। 

वगनासकाली गाउँपालिकाले फुस रहित घर अभियानअन्र्तगत गत आर्थिक वर्ष २०७५।०७६ मा २५ लाख रुपैयाँ बजेटबाट २ सय ५० बन्डल जस्तापाता खरिद गरि प्रति घर ३ बन्डलका डरले ८३ घरलाई जस्तापाता वितरण गरेको थियो। गत आवमा वगनाशकालीको चापपानी, दर्लमडाँडा, चिर्तुङधारा, नायरनम्तलेस, खानीछाप र बराङ्दीसहित ५ वटा वडा खरको छानो रहित भएका थिए।

वगनाशकाली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठले आर्थिक संकटमा परेर खरको छानोमा बस्न बाध्य समुदायले दुई महिना भित्र वडा कार्यालय मार्फत् प्राप्त गर्ने टिनका छानामुनी बस्ने बताए।

‘जस्तापाता वितरणले पानी पर्दा ओत लाग्न गाह्रो हुने खडेरीका बेला आगोलागीबाट बचाउन धेरैलाई समस्या हुने हट्ने र पानी चुहिने र आगो लाग्ने डर हुने कम भएको छ’, श्रेष्ठले भने, ‘फूसको छाना रहित अभियानको उद्धेश्य घरहरुको सुरक्षा हो।’ 

गाउँपालिकाले पहिलो पटक आर्थिक वर्ष २०७४/७५ मा ५५ घर परिवारलाई टिन उपलब्ध गराएको थियो। यससँगै वगनाशकाली गाउँपालिकाका २ सय ४७ घरपरिवारले जस्तापाता पाएका छन्। 

 

प्रकाशित: १५ कार्तिक २०७६ ०८:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App