१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

माइत जाने क्रममा नदिमा हाम फाल्दा महिला बेपत्ता

भोजपुर- अरुण नदिमा हामफाल्दा एक महिला बेपत्ता भएकी छिन। षडानन्द नगरपालिका वडानम्वर ५ संखुवासभा र भोजपुरको सिमानामा रहेको कात्तिके पुलबाट हाम फाल्दा उनी बेपत्ता भएकी हुन्।

बेपत्ता हुनेमा षडानन्द नगरपालिका ६ का बावुराम विककी २१ बर्षीया श्रीमती ललिता बिक रहेकाे जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

अरुण नदिमा बेपत्ता भएकी महिलाकाे खोजी कार्य भइरहेको छ। ललिताले श्रीमान र ३ वर्षीय छोरीको साथमा माइत संखुवासभाको सित्तलपाटी जाने क्रममा बुधवार दिउँसो अरुण नदिमा हाम फालेको प्रहरीले जनाएको छ।

नदिमा हाम फालेकी ललितालाई करिब १० मिटर तलसम्म अरुणमा देखिएको र त्यसपछि डुबेको स्थानियहरुले बताएको प्रहरीले जनाएको छ। घटना बारे बुझ्न प्रहरीले श्रीमान र छोरीलाई संगै राखेको छ।

स्थानिय र प्रहरीले तुर्केपुल, सतिघाट लगायतका क्षेत्रमा तीब्र गतीले खाेजी कार्य गरिरहेको प्रहरी कार्यालय भोजपुरका प्रमुख नरबहादुर सलामी मगरले जानकारी दिए।

प्रकाशित: १३ कार्तिक २०७६ ११:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App