९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

घर पोत्ने कमेरो खन्ने क्रममा पुरिएर एकको मृत्यु

रोल्पा- तिहारका लागि घर रङ्गाउने कमेरो खन्ने क्रममा आज बिहान आएको पहिरोमा परी रोल्पामा एक किशोरीको मृत्यु भएको छ।

रोल्पा नगरपालिका–३ कमिरेधारामा कमेरो खन्ने क्रममा सुनिल स्मृति गाउँपालिका–५ काभ्राकी १८ वर्षीया पवित्रा सेनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले घटनामा परी सोही ठाउँका २२ वर्षीया भावना रोका र २२ वर्षीया सीता घर्ती घाइते भएको बताए। रोकाको छातीमा र घर्तीको टाउकोमा चोट लागेको छ। प्रहरीचौकी सातदोबाटोबाट गएको प्रहरी टोलीले घाइतेको उद्धार गरिरहेको गुरुङले जानकारी दिए।

उद्धारपछि घाइतेको उपचार गरिने प्रहरीले बताएको छ। उक्त घटनास्थल निकै जोखिमयुक्त रहे पनि स्थानीयवासीले दसैं तिहारमा घर रङ्गाउने कमेरो सोही ठाउँबाट खन्दै आएका छन्।

दसैं तिहारकै मौसममा अघिल्लो वर्ष पनि यहाँ एकजनाको मृत्यु भएको रोल्पा नगरपालिका–३ की सरमा विष्टले जानकारी दिए। रासस

प्रकाशित: ७ कार्तिक २०७६ ११:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App