१० कार्तिक २०८१ शनिबार
image/svg+xml
समाज

टिपरले ठक्कर दिँदा महोत्तरीमा एक बालकको मृत्यु

महोत्तरी– महोत्तरीको गौशाला सम्सी सडकखण्डमा टिपरले ठक्कर दिँदा आज बिहान बालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार सो सडकखण्डको सम्सी गाउँपालिका–२ पर्सामा बालुवा बोकेर गौशालाबाट सम्सीतिर जाँदै गरेको ज१क ४६६ नम्बरको टिपरले ठक्कर दिँदा स्थानीय शेष कलिमका आठ वर्षीय छोरा शेष औकादको मृत्यु भएको हो।

टिपर तीव्र गतिमा गइरहेका बेला अचानक बाटो काट्न खोजेका बालकको किचिएर घटनास्थलमै मृत्यु भएको हो। मृतक बालकको शव सडकमै राखेर क्षतिपूर्तिको माग गर्दै आफन्त तथा स्थानीयले सो सडकखण्ड चक्काजाम गरेका छन्। 

पोखरीमा डुबेर बालिकाको मृत्यु

महोत्तरीको महोत्तरी गाउँपालिका– ६ हरिगौरीगामा पोखरीमा डुबेर आज एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा १२ वर्षीया चाँदनीकुमारी बरही ठाकुर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए। 

बालिका ठाकुर साथीसँग घर नजिकैको पोखरीमा नुहाउन गएका बेला पानीभित्र पुगेपछि डुबेर मृत्यु भएको हो। मृतक बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाउने तयारी भइरहेको उनले बताए। रासस

प्रकाशित: १ कार्तिक २०७६ ०८:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App