६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

सिन्धुपाल्चोक बस दुर्घटना अपडेटः स्काभेटर लगाएर घाइतेकाे उद्धार गरिँदै

सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिकाको भोटसीपामा बस दुर्घटना घाइते भएकाहरूकाे स्काभेटर लगाएर घाइतेकाे उद्धार गरिँदैछ।

सीपाटारबाट काठमाडौं जाँदै गरेको हेलम्बु यातायातको बा२ ख २७१५ नम्बरको बस दुर्घटना भोडसीपामा शुक्रबार बिहान ९ बजेतिर  दुर्घटना भएको हो। बस भोटसिपास्थित तिखु मोडवाट करिव दुई सय मिटर तल खसेर दुर्घटना भएको हो।

घटनास्थल रहेको वडाका वडाध्यक्ष जीवन थापामगरले कतिपय घाइतेको अवस्था चिन्ताजनक रहेकाले उनीहरुलाई हेलिकप्टरबाट उपचारमा पठाउने प्रयास भइरहेको बताए। उक्त गाउँपालिकाको सिपाटारबाट बस काठमाडौँ जाँदै थियो। बस गुडेको एक घण्टामै दुर्घटनामा परेको हो।

घाइते मध्ये केहीको अवस्था गम्भीर भएकोले मृतकको संख्या संख्या बढ्न सक्ने बताइएको छ। बसमा कति यात्रु सवार थिए भन्ने यकिन भइसकेकाे छैन। क्षमताभन्दा बढी यात्रु बोकेका कारण बस दुर्घटनामा परेको अनुमान गरिएको छ। थप विवरण आउन बाँकी छ।

प्रकाशित: २४ आश्विन २०७६ ०५:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App