१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

पति र सन्तान रक्षाको अनुष्ठान ‘खोइछ भराई’

खोइछ भराइका लागि लहान स्थित दुर्गा मन्दिरमा देखिएको ब्रतालु महिलाको भिंड,लाइन। मिथिलेश यादव/नागरिक

लहान - देशको अन्य ठाउँमा महाअष्टमी पर्व विभिन्न अनुष्ठान गरी मनाइरहेका बेला मधेसका महिलाहरु ‘खोइछ भराई’(पति र सन्तान रक्षाको विशेष पुजा) गरी धुमधामसँग मनाइरहेका छन्।

बिहान २ बजेबाट मधेसका महिलाहरु नजिकको दुर्गा भगवती मन्दिर गई खोइछ भरेका छन्। यो सन्तान र पतिको जिवनरक्षाका लागि गरिने विशेष पुजा हो। दुर्गा भगवतीको अगाडि चोखो वस्त्र ओच्छयाएर त्यसमाथि पान, सुपारी, नरिवल, सिन्दुर, चुरा, र पुजा सामग्री राखेर पति र सन्तानको दिर्घायुको कामना गरेर ‘खोइछ भर्ने’ पर्व मनाउँछन्। लहानकी व्रतालु सुनिता यादव भन्छिन्,‘पति र सन्तान रक्षाका लागि यो व्रत वस्दै आएको एक दशक भयो।’

विहान २ बजेबाट सुरु भएको यो विशेष पुजा गर्न व्रतालु महिलाहरुको भिंड दिनभर दुर्गा मन्दिरमा रहन्छ। लहानस्थित दुर्गा मन्दिरका प्रमुख पुजारी पण्डित कुशेश्वर झा भन्छन्, ‘यो परम्परा मिथिलानी नारीहरुबाट सुरु भइ अहिले तराई मधेसभरी फैलदै गएको छ।’

प्रकाशित: १९ आश्विन २०७६ ०७:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App