२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

गुडिरहेको बसमाथि ढुङ्गा खस्दा ५ घाइते

मुक्ति न्यौपाने
पाल्पा– पाल्पाबाट बुटवल तर्फ जाँदै गरेको लु १ ख ६१८० नम्बरको बसमा ढुङ्गा खस्दा बसमा सवार ५ वना घाईते भएका छन्। तिनाउँ गाउँपालिका ३ हेडबक्स नजिकै माथिबाट खसेको ढुंगाले लाग्दा बसमा सवार यात्रुहरु घाईते भएका हुन्।

बसमा २० जना यात्रु सवार रहेकोमा पाँच बाहेक अन्य यात्रुलाई कुनै पनि क्षति नभएको प्रहरीले जनाएको छ। शनिवार दिउँसो १ बजेर २० मिनेट जाँदा बसमा ढुंगा लागेको थियो।

घटनाबाट बसका चालक तिलोत्तमा नगरपालिका ४ का बस चालक ३५ वर्षीय कमल राउत, वालिङ नगरपालिका १४ की ३८ वर्षीया रोमादेवी डुम्रे, नौतुना भारतकी २६ वर्षीया श्रीमाया साहानु, तिनाउँ गाउँपालिका ६ का ५२ वर्षीय टिकाराम भण्डारी र माथागढी ५ का २३ वर्षीय सन्तोष चोहान घाइते भएका छन्।

घाइते बसका चालकको अवस्था मध्यम र अन्यको  सामन्य रहेको छ। घाईतेहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका लागि पठाईएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

प्रकाशित: ११ आश्विन २०७६ १०:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App