१२ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

विद्युत् सेवा अवरुद्ध, बस्ती अन्धकार

रुकुमपूर्व– भुमे गाउँपालिकाका विभिन्न बस्ती शनिबारदेखि अन्धकार भएका छन्। गाउँपालिकाको वडा नं २ स्थित त्रिवेणी लघुजलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् सेवा अवरुद्ध हुँदा बस्ती अन्धकार भएको हो।

विद्युत् सेवा अवरुद्ध भएपछि वडा नं २ का गाबाङ, काँक्री, दहबाङ, आरुडाना, सैपातुङ, जङ्गाधाराखा र खाबाङ बस्तीका ५०० घरधुरी अन्धकार भएको छ। विद्युत् सेवा अवरुद्ध हुँदा दैनिक क्रियाकलापमा साह्रै  अप्ठ्यारो भइरहेको स्थानीयवासी विनपुुरा मगरले बताए।

दशैंको मुखमा आएर विद्युत् सेवा अवरुद्ध भएपछि स्थानीयवासी चिन्तित छन्। शनिबार राति विद्युत्को पाइप फुटेर पानी उपकरणमा परेपछि विद्युत् सेवा अवरुद्ध भएको विद्युत् समितिका सचिव पृथ्वीबहादुर बुढामगरले बताए। 

उपकरणमा आएको समस्या पहिचान गर्न प्राविधिकलाई बोलाइएको र उनीहरूको  सल्लाहअनुसार मर्मत  गरिने उनको भनाइ थियो।

वैकल्पिक ऊर्जाको रू एक करोड १४ लाख ७५ हजार सहयोग, स्थानीयवासीको बजेटभन्दा दोब्बर जनश्रमदान र प्रतीघर पाँच–पाँच हजारको लगानीमा ४५ किलोवाट क्षमताको लघु जलविद्युत् आयोजना निर्माण गरिएको थियो।

विसं २०७२ असार २६ गतेदेखि सञ्चालनमा ल्याइएको उक्त आयोजनाले अहिलेसम्म भुमे गाउँपालिका वडा नं २ लाई झिलीमिली बनाइरहेको थियो ।  रासस

प्रकाशित: ९ आश्विन २०७६ ०९:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App