१२ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

बालबालिकालाई पुरस्कार तथा सम्मान

काठमाडौं – बाल विकास समाजको २८ औं स्थापना दिवसको अवसरमा सामुदायिक विद्यालयका २६ विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको छ।

विद्यालयमा अनुशासित, जेहेन्दार र पढाइमा अब्बल ती विद्यार्थीहरूलाई नगद र शैक्षिक सामग्री प्रदान गरिएको बालविकास समाजका अध्यक्ष सुवास गौतमले बताए।

त्यस्तै, संस्थाको कार्यक्षेत्रमा पर्ने ५ वटा सामुदायिक विद्यालयबाट एसइई परीक्षामा ८० प्रतिशतभन्दा बढी अंक ल्याउन पाँच जना विद्यार्थीहरूलाई पनि सो अवसरमा सम्मान प्रदान गरिएको छ। उनीहरुलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसीले राजधानीमा आयोजित एक कार्यक्रमबी पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको हो।

त्यस अवसरमा बोल्दै सचिव केसीले बालश्रम निवारणसम्बन्धी राष्ट्रिय गुरुयोजना कार्यान्वयनमा गैरसरकारी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए। बालबालिकाहरुको शिक्षाका लागि गरिएको सहयोग प्रशंसनीय रहेको बताउँदै उनले बालश्रम निवारणका लागि सबै सरकोकारवाला निकायले समन्वय गरेर काम गर्नुपर्ने बताए।

प्रकाशित: ८ आश्विन २०७६ ०२:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App