काठमाडौं – नेपालका प्रथम वनस्पतिविद् प्रयागराज पाण्डे फाउण्डेसनले वनस्पतिविद् प्रयागराज पाण्डेको शतवार्षिकीका अवसरमा विभिन्न कलेजका विद्यार्थीलाई नेपालको संसदीय व्यवस्था र संसद् गतिविधिबारे जानकारी दिन ‘मक पारल्यामेन्ट’ सेसन सञ्चालन गरेको छ।
राष्ट्रिय विज्ञान दिवस तथा संविधान दिवसको अवसरमा आयोजना गरिएकोे सो कार्यक्रममा नेसनल ल कलेज, एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी एन्ड म्यानेजमेन्ट तथा कान्तिपुर भ्याली कलेजका ६० भन्दा बढी विद्यार्थी सहभागी थिए। सांसदको भूमिकामा रहेका विद्यार्थीहरूले शून्य समयमा काठमाडौंको फोहर, वातावरण प्रदूषणका साथै नागरिक अधिकार, शिक्षा प्राप्तिका हक, निजगढ विमानस्थल आदि विषयमा प्रश्न उठाएका थिए।
प्रतिष्ठानका अध्यक्ष मधुसुदन विष्टले नेपालको संसदीय अभ्यासमा विकृति भएको बताउँदै विद्यार्थीलाई संसदीय गतिविधिको ज्ञान दिन र भविष्यका सांसदहरूलाई प्रशिक्षण दिन कार्यक्रमको आयोजना गरिएको बताए।
प्रकाशित: ८ आश्विन २०७६ ०२:१२ बुधबार