९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

आगन्तुक नेपालीलाई सीमामै सुरक्षा !

हेल्थ डेस्कबारे जानकारी दिँदै नेपाल–भारतका सुरक्षा अधिकारी । तस्बिरः निर्मल घिमिरे

बर्दिया– ठूला चाडपर्व (दशैं, तिहार र छठ)लाई लक्षित गरी नेपाल–भारतको मूख्य सीमा मुर्तीहामा मंगलवार सशस्त्र प्रहरीले ‘हेल्प डेस्क’ स्थापना गरेको छ।

चाडपर्व मान्न आउँने आगन्तुक नेपालीलाई सुरक्षा प्रदान गर्न उद्देश्यले नेपाल र भारतका सुरक्षाकर्मीको समन्वयमा सशस्त्र प्रहरीले ‘हेल्प डेस्क’ स्थापना गरेकोे हो।  चाड पर्वलाई लक्षित गरी ‘हेल्प डेस्क’ स्थापना गरिएको प्रहरी सशस्त्र प्रहरी उपरीक्षक यादव विश्वकर्माले बताए। ‘चाडपर्व  नजिकिँदै गर्दा सीमामा लुटपाट र ठगी गर्ने गिरोह सक्रिय हुन्छन’, उनले भने, ‘त्यस्ता गतिबिधि नियन्त्रण गर्न र भारतीय सुरक्षाकर्मीसँग समन्वयमा समस्यामा परेकाले उद्धार गर्न ‘हेल्प डेस्क’ स्थापना गरिएको हो।’ ‘हेल्प डेस्क’ले सीमाबाट आवागमन गर्ने सर्वसाधारणलाई सीमामा सहज हुने उनले प्रतिक्रिया दिए। सीमा क्षेत्रमा दुबै देशका सुरक्षाकर्मीको सहयोग पाइरहेको आगन्तुक पन्चु गुप्ताले बताइन्।‘ दिल्लीबाट घर फर्कदा सीमामा नेपाली सुरक्षाकर्मी देख्दा खुसी लाग्योे’, उनले भनिन्, ‘सीमामा आवागमन गर्दा असहज महसुस भएन।’

सीमा नाकामा हुने विभिन्न अपराध तथा ठगी नियन्त्रण गर्न र पीडितलाई तत्काल सहयोग गर्नका लागि सशस्त्र प्रहरीले नागरिक सहायताका केन्द्र संचालन ल्याएको छ।

सीमामा पाकेटमार, दलाल, लागूपदार्थ दुव्र्यसनीबाट आगन्तुक ठगिने गरेको नेपाल प्रहरीका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले बताए। ‘भारतीय पक्षसँग समन्वय गरेर हेल्प डेस्कमा बस्ने प्रहरीले त्यस्ता समूहलाई निरुत्साहित गर्छ’, उनले भने।
सीमाक्षेत्रमा बस्ने भारतीय सुरक्षाकर्मीबाट दुर्व्यवहारको नेपाली शिकार हुने गरेका छन्। ‘भारतीय प्रहरी सहभागितामा सीमा क्षेत्रमा खटिने सुरक्षाकर्मीले ठूलो प्रभाव पर्छ’, एक आगन्तुकले भने, ‘नेपालीलाई ठग्ने भारतीय गिरोह पनि निरुत्साहित गर्न सहयोग पुग्छ।’ चाडपर्वमा नेपाल आउने पाहुनालाई हेल्प डेस्कले सुरक्षाको प्रत्याभूति दिलाउने प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए। ‘यदि कुनै लुटपाटको घटना घटेमा प्रहरीले घटना अनुसन्धान गर्ने र पीडितलाई उद्धार गर्ने पनि काम गर्छ’, उनले भने।

यसअघि पनि  चोरी, पकेटमारी, लठ्याएर वा कुनै पनि कारणले बेखर्ची हुन पुगेका यात्रुले सहायता केन्द्र मार्फत पीडितले सहयोग पाइरहेका छन्। 

प्रकाशित: ३१ भाद्र २०७६ १४:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App