१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

आत्महत्या बढ्दै गएपछि रोकथाम अभियानको थालनी

धादिङ- जिल्लामा वर्षेनी आत्महत्याका घटना बढ्दै गएकाले विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा मङ्गलबारदेखि रोकथाम अभियान शुरु गरिएको छ।     

जिल्ला प्रहरी कार्यालय र सहयात्री समाजले आज नीलकण्ठ क्याम्पसबाट सोे अभियान प्रारम्भ गरेको हो। प्रमुख जिल्ला अधिकारी आसमान तामाङले मान्छेले जीवनदेखि निरास भएर आत्महत्या गर्ने भएकाले भावी जीवनलाई सुखी बनाउने खालाका गतिविधि गर्नुपर्नेमा जोड दिए।     

जिल्लामा विगत चार वर्षको तथ्याङ्कमा आत्महत्या गर्नेको सङ्ख्या बढ्दै गएको देखिन्छ। आर्थिक वर्ष २०७२र७३ मा ६३, २०७३र७४ मा ७५, २०७४र७५ मा ९२ र २०७५र७६ मा ९४ ले आत्महत्या गरेका प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए।     

प्रहरीको तथ्याङ्क अनुसार सो अवधिमा आत्महत्या गरेका ३ सय २४ मध्ये पुरुष १ सय ८५ र महिला १ सय ३९ थिए। तीमध्ये विवाहपछि आत्महत्या गर्ने ३ सय ६ र अविवाहित अवस्थामै आत्महत्या गर्ने १८ थिए। झुण्डिएर २ सय १९, विष सेवन गरेर १ सय ३ र अन्य कारणले दुई जनाले आत्महत्या गरेको उक्त कार्यालयले जानकारी दिएको थियो।

आत्महत्या दुरुत्साहनमा जिल्लामा चार मुद्दा विचाराधीन अवस्थामा छ।रासस

प्रकाशित: २४ भाद्र २०७६ ०६:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App