६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

महान्यायाधिवक्ता खरेल र राजदूत पुरीले गरे विद्यालय भवन संयुक्त उदघाटन

विद्यालयका लागि निर्मित विद्यालय भवनको संयुक्त रुपमा उद्घाटन गर्दै ।

काठमाडौं– महान्यायाधिवक्ता अग्निप्रसाद खरेल र नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले एक विद्यालय भवन संयुक्त रुपमा उदघाटन गरेका छन्। सोमबार झापाको गौरादह नगरपालिका–५ स्थित स्कुलचौन उच्च माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवनको संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

भारत सरकारको ३ करोड ५७ लाख रुपैयाँ अनुदान सहयोगमा निर्मित दुई तल्ले नयाँ भवनमा २५ वटा कक्षा कोठाहरु रहेका छन्। जसमा प्रयोगशाला, प्रधानाध्यापक, पुस्तकालय, कर्मचारी, लेखाशाखा, बहुउद्देशीय कक्षाका लागि एक–एक कोठा तथा प्रत्येक तलामा छात्र छात्राका लागि छुट्टै फर्निचरका साथै शौचालय र कम्पाउण्ड वाल निर्माण गरिएका छन्।

नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ। भारत सरकार उक्त परियोजनासँग जोडिन पाएकोमा खुशी व्यक्त गरेको जनाएको छ।

उक्त उद्घाटन कार्यक्रममा प्रदेश नं १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिकमत कुमार कार्की, झापा जिल्ला समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेललगायतको उपस्थित रहेको थियो।

करिब एक हजार एक सय ५० विद्यार्थीहरु अध्ययनरत छन् उक्त विद्यालयमा ६० प्रतिशत छात्रा रहेका छन्।

प्रकाशित: १६ भाद्र २०७६ १४:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App