२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

काठमाडौं बाहिर रहेकाे पर्यटन विभागको ७ कार्यालयले के–के काम गर्छ ? कहाँ-कहाँ छ ?

काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय मातहतको पर्यटन विभागले आफुले गर्दै आएको कामलाई विकेन्द्रित गरेको छ। मंगलबार काठमाडौँमा एक कार्यक्रमका बीच पर्यटन विभागले काठमाडौं बाहिर रहने ७ कार्यालयहरुलाई काम गर्ने अख्तियारीसहित अधिकार प्रत्यायोजन गरेको हो।

पर्यटन विभागले पर्यटनमन्त्री योगेश भट्टराईसहित ६ प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री सहभागी थिए भने प्रदेश १ बाट मुख्यमन्त्री शेरधन राईको उपस्थितीमा ७ कार्यालयहरुलाई अधिकार प्रत्यायोजनको हस्ताक्षर गरेको छ। पर्यटन विभागले आफुले गर्दै आएको काम झापाको काकड़भिट्टा, सोलुखुम्बुको नाम्चे, धनुषाको जनकपुर, पर्साको बीरगंज, रुपन्देहीको भैरहवा, कास्कीको पोखरा र बाँकेको कोहलपुरमा रहेको पर्यटन कार्यालयहरुले गर्ने गरि अधिकार प्रत्यायोजन गरेको छ। ७ वटा कार्यालयहरुले, ट्राभल एजेन्सी तथा ट्रेकिङ एजेन्सी र -याफ्टिङ एजेन्सीको इजाजत दिने तथा नविकरण गर्ने, पर्यटक यातायात सेवा व्यवसायको लागि इजाजत दिने नविकरण गर्ने, पर्यटक स्तरीय होटल तथा होमस्टेको इजाजत दिने तथा नविकरण गर्ने र टुर गाइड, ट्रेकिङ गाइड, ट्रेकिङ पोर्टर, रिभर गाइड, लागतको इजाजत र नविकरणको काम गर्ने छन्।

प्रदेश सरकार मातहत रहेर काम गर्ने यी कार्यालयहरुले आगामी असोज १ बाट काम थाल्नेछन्। नव गठित कार्यालयहरुले पर्यटक स्तरिय ३६१ होटल, ९२ वटा होमस्टे, ३२६२ वटा ट्राभल एजेन्सी, २४१७ वटा ट्रेकिंग एजेन्सी, ८५ वटा ¥याफ्टिङ एजेन्सी, २१४ रिभर गाइड, ट्रेकिङ पोर्टर गाइड १७२, पर्यटन यातायात सेवा ७९,ट्रेकिङ गाइड १२९८१ र टुरिष्ट गाइड २७०१ गरि २२३६४ सेवाको अभिलेख व्यवस्थापन, नविकरण तथा सहजीकरण गर्नुपर्नेछ यसका साथै स्थानीय स्तरमा कार्यालय खुलेपछि पर्यटन सेवाको लागि नयाँ खोलिने कार्यालयहरुको ब्यवस्थापन समेत यीनै कार्यालयहरुले गर्ने छन्।

केन्द्रमा रहेको पर्यटन विभागले अन्तरप्रदेश कार्यालय र मन्त्रालयबीच समन्वय गराउने काम गर्नेछ। सरकारले संघीयताको मर्म अनुसार प्रदेश स्तरमा खुलेका कार्यालयहरुले भ्रमण वर्ष २०२० लाई सफल बनाउन पनि सहयोग गर्ने सरकारले विश्वास लिएको छ।

प्रकाशित: १० भाद्र २०७६ ११:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App