४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

ट्याक्टर पल्टिँदा चालकको मृत्यु

इलाम– मेची राजमार्गअन्तर्गत इलाम नगरपालिकामा शनिबार अपराह्न भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ। इलाम नगरपालिका–९, गोलाखर्कमा मे १ त २२४५ नम्बरको ट्याक्टर पल्टिँदा चालक अन्दाजी १७ वर्षे कृष्णबहादुर लम्जेलको मृत्यु भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका अनुसार माइखोलाबाट बालुवा लिएर इलाम बजारतिर आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा त्यहीँ वडाका लम्जेलको घटनास्थलमै मृत्यु भएको हो।

प्रकाशित: ७ भाद्र २०७६ १५:३९ शनिबार

ट्याक्टर दुर्घटना चालक मृत्यु इलाम