११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

स्वास्थ्य स्वंसेविकालाई तौल लिने मेसिन

नुवाकोट - नुवाकोटको साविक चारघरे गाविसभित्रका स्वास्थ्य स्वयंसेविकालाई तौल लिने मेसिन प्रदान गरिएको छ। सुनौलो हजार दिनका आमा र बच्चाको नियमित वृद्धि अनुगमन गर्न स्वास्थ्य संस्थासम्म धाउनुपर्ने बाध्यतालाई ध्यान दिँदै उनीहरूलाई सो मेसिन उपलब्ध गराइएको हो। स्वास्थ्य कार्यालय नुवाकोटको समन्वयमा गुड नेवर्स इन्टरनेसनल नामक संस्थाको आर्थिक सहयोगमा मेसिन उपलब्ध गराइएको चारघरे स्वास्थ्य चौकीका प्रमुख सन्दीप सापकोटाले बताए।

गर्भवती भएदेखि सुत्केरी नहुन्जेलसम्मको अवधिमा कम्तीमा पनि आमाको तौल १० देखि १२ किलोसम्म बढेको हुनुपर्छ। तौल नबढे आमा र गर्भमा रहेको बच्चा दुवैको स्वास्थ्य जोखिममा पर्न सक्छ।

‘चारघरे स्वास्थ्य चौकीले हेर्ने कार्यक्षेत्रभित्र २६ वटा स्वास्थ्य आमासमूह सञ्चालन भइरहेका छन्। समूहमा हजार दिने आमा र परिवारका सदस्य आबद्ध छन्। स्वयंसेविकाको नेतृत्वमा प्रत्येक महिना समूहको बैठक बस्छ। समूहमा आबद्ध सदस्यलाई आमा र बच्चाको नियमित वृद्धि अनुगमन गर्नुको महŒवबारे बुझाउन मेसिन उपलब्ध गराइएको हो,’ प्रमुख सापकोटाले भने, ‘स्वास्थ्य संस्थामा आएर तौल लिन कतिपयलाई अपायक पर्छ। समूहमा स्वास्थ्यसम्बन्धी छलफल मात्र होइन, काम पनि देखिन्छ र सदस्यहरूलाई समूहमा नियमित सहभागिता गराउन सहज हुने विश्वास लिएको छु।’

गर्भवती भएदेखि सुत्केरी नहुन्जेलसम्मको अवधिमा कम्तीमा पनि आमाको तौल १० देखि १२ किलोसम्म बढेको हुनुपर्छ। तौल नबढे आमा र गर्भमा रहेको बच्चा दुवैको स्वास्थ्य जोखिममा पर्न सक्छ। तौल नबढेको पाइए स्वास्थ्यमा कसरी सुधार गर्ने भनेर विविध उपाय अपनाउन सकिन्छ।

त्यस्तै बच्चा जन्मेपछि २ वर्षको नहुन्जेल हरेक महिना बच्चाको तौल लिनैपर्छ। जसले बच्चाको स्वास्थ्य र पोषणबारे जानकारी हुने स्वास्थ्य स्वयंसेविका ज्ञानु राईले बताइन्। ‘स्वास्थ्य आमा समूहको बैठक सञ्चालन गर्दा र अन्य अनौपचारिक भेटघाटमा गर्भवतीको र २ वर्षमुनिका बच्चाको तौल लिनेबारे त कुरा हुन्छ तर तौल लिन स्वास्थ्य संस्था जान निर्देशन दिँदा सैद्धान्तिक शिक्षा दिएजस्तै लाग्थ्यो,’ राईले भनिन्, ‘स्वास्थ्य आमा समूहलाई सक्रिय रूपमा सञ्चाल गर्न तथा आमा र बच्चाको स्वास्थ्य र पोषणबारे सहज रूपमा निगरानी राख्न तौल मेसिनले सहयोग गर्छ भन्ने लागेको छ।’ स्वास्थ्य चौकीको कार्यक्षेत्रभित्र कार्यरत १६ जनालाई मेसिन उपलब्ध गराइसकिएको छ भने १० जनालाई उपलब्ध गराउन बाँकी छ।

प्रकाशित: ६ भाद्र २०७६ ०२:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App