६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

माइखोलाले बगाउँदा एक बेपत्ता

भद्रपुर- झापामा माइखोलाले बगाउँदा आज एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ। शिवतासक्षी नगरपालिका–१० सुकुम्वासी बस्तीका ४३ वर्षीय साहेब सरदार माइ खोला तर्ने क्रममा दिउँसो १ बजेदेखि बेपत्ता भएका हुन्। खोला तर्ने क्रममा बगेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।     

इलाका प्रहरी कार्यालय झिलभिले, प्रहरी चौकी माइधार र स्थानीयवासीले बेपत्ता सरदारको खाजीकार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।रासस    
  

 

प्रकाशित: ५ भाद्र २०७६ १३:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App