१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

गाउँपालिकाद्वारा बजार अनुगमन

रामेछाप – खाँडादेवी गाउँपालिकाले पालिकाभित्र रहेका बजारमा सञ्चालित खाद्यान्न, किराना, होटललगायत अनुगमन गरेको छ। गाउँपालिका उपाध्यक्ष मखमली श्रेष्ठसहित सात निकायका प्रतिनिधि र पत्रकार नेतृत्वको अनुगमन टोलीले सोमबार गाल्वा बजारको अनुगमन गरेको हो।

अनुगमनको क्रममा पसलहरूले मूल्यसूची नराखेको, आवश्यक प्रक्रिया नै पूरा नगरी व्यवसाय सञ्चालन गरेको र केही पसलमा मापडण्डअनुसारको नापतौल सामग्रीसमेत नभएको पाइएकाले तत्काल सच्याउन आवश्यक निर्देशन दिइएको अनुगमन टोलीकी संयोजक एवं गाउँपालिका उपाध्यक्ष मखमली श्रेष्ठले बताइन्।

अनुगमनका क्रममा साबुनलगायत केही सामग्री म्याद गुज्रिएका भेटिएकाले अनुगमन टोलीले जफत गरेको उनले बताइन्। अनुगनलाई अझै प्राथमिकताका साथ अगाडि बढाउने उनले बताइन्।

प्रकाशित: ४ भाद्र २०७६ ०२:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App