१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

चट्याङ लागेर किशोरीको मृत्यु, एक घाइते

उदयपुर– उदयपुरमा चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ। एक जना घाइते भएका छन्। वर्षासँगै परेको चट्याङ लागेर आइतबार दिउँसो घरमै बसिरहेका त्रियुगा नगरपालिका १५ खाँबुकी १३ वर्षीया निर्मला मगरको मृत्यु भएको हो। २९ वर्षीय पूर्णबहादुर मगर घाइते भएका छन्।

मेघ गर्जनसँगै वर्षा भइरहेका बेला परेको चट्याङले स्थानीय पूर्णबहादुर मगर र निर्मला घरमै घाइते भएका थिए। दुवै घाईतेलाई उपचारार्थ जिल्ला अस्पताल गाईघाट ल्याइए पनि उपचारको क्रममा निर्मलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

घाइते पूर्णको उपचार जिल्ला अस्पतालमै भइरहेको छ। उनको अवस्था सुधारोन्मुख रहेको अस्पताललाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। 

प्रकाशित: २ भाद्र २०७६ ११:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App