खोटाङ – केपिलासगढी गाउँपालिकाले इलाका प्रशासन कार्यालय स्थापनाको माग गरेको छ। प्रदेश सभा सांसद राजन राई, केपिलासगढी गाउँपालिका अध्यक्ष कृष्ण राईलगायतको टोलीले गृह मन्त्रालय पुगेर इलाका प्रशासन कार्यालय स्थापनाको माग गरेका हुन्।
जनप्रतिनिधिले बाक्सिलास्थित इलाका प्रहरी कार्यालयलाई ‘क’ श्रेणीमा बढोत्तरी गर्न, इलाका प्रहरी कार्यालयमा आवश्यक दरबन्दी सिर्जना गर्न र सो कार्यालयको भवन जीर्ण बनेकाले भूकम्प प्रतिरोधात्मक भवन निर्माण गर्न गृहसचिव प्रेमकुमार राईसमक्ष लिखित माग राखेका छन्। साथै केपिलासगढी गाउँपालिका–७ सुन्देलमा प्रहरी बिट स्थापनाको मागसमेत राखिएको छ।
प्रकाशित: २ भाद्र २०७६ ०२:४६ सोमबार