२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भारतद्वारा ३० एम्बुलेन्स हस्तान्तरण

काठमाडौं – भारतले नेपालका विभिन्न अस्पताल तथा परोपकारी संस्थाका लागि ३० वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ। भारतको ७३ औं स्वतन्त्र दिवसका अवरमा नेपालीस्थित भारतीय दूतावासले विभिन्न शैक्षिक संस्थाका लागि ६ वटा बस समेत उपलब्ध गराएको छ।

स्वतन्त्र दिवसको अवसरमा बिहीबार काठमाडौंस्थित भारतीय दूतावासमा आयोजित कार्यक्रममा नेपालका लागी भारतीय राजदूत मञ्जिवसिंह पुरीले भारतको राष्ट्रिय ध्वजा झन्डोत्तोलन गरेका थिए। राजदूत पुरीले भारतका राष्ट्रपतिकोे सन्देश पनि पढेर सुनाएका थिए।

सो अवसरमा राजदूत पुरीले तीन वीर नारी, पाँच एकल महिला, छ मृत सैनिकका निकटतम नातेदारलाई पाँच करोड ३१ लाख नगद तथा कम्बल वितरण गरेका थिए। दूतावासले ४० वटा पुस्तकालय तथा नेपालका सबै प्रदेशमा फैलिएका शैक्षिक संस्थाहरुलाई पुस्तक उपहार स्वरुपप्रदान गरेको छ। कार्यक्रममा राजदूतावासका कर्मचारी तथा उनीहरुका परिवारलगायत नेपालमा रहेका भारतीय समुदायको सहभागिता थियो।

प्रकाशित: ३१ श्रावण २०७६ ०२:०६ शुक्रबार

एम्बुलेन्स परोपकारी_संस्था