१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

गोसाइँकुण्ड गएका तीर्थयात्रीको लेक लागेर मृत्यु

रसुवा - गोसाइँकुण्ड मेला भर्न गएका एक तीर्थयात्रीको लेक लागेर मृत्यु भएको छ।  मृत्यु हुनेमा मेलम्ची नगरपालिका–१२ सिन्धुपाल्चोकका २३ वर्षीय दीपक ढकाल रहेका छन्। 

मेला भर्नका लागि बुधबार गोसाइँकुण्ड पुगेका उनको बिहीबार बिहान २ बजेर ४० मिनेटमा ज्यान गएको हो।  गोसाइँकुण्डस्थित एक होटलमा बसेका उनलाई राति गाह्रो भएपछि स्वास्थ्यकर्मीले जाँच गरेका थिए।  जाँच गर्ने क्रममा नै उनको निधन भएको प्रहरीले जनाएको छ।  

प्रकाशित: ३० श्रावण २०७६ ०५:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App