१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

बेपत्ता भएको दुइ महिनापछि शव भेटियो

बाजुरा– बेपत्ता रहेकी हिमाली गाउँपालिका–१ कि बासमति भण्डारीको शव भेटिएको छ। गएको जेष्ठ ७ गतेदेखि बेपत्ता भण्डारीको २ महिनापछि कर्णाली नदीको किनारमा मृत अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ। 

१६ वर्षीया भण्डारी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्डमा भाग लिन गाउँपालिकाको केन्द्र धुलाचौर आएको दिन देखि नै बेपत्ता भएकी थिइन्। भण्डारी सटफुटतर्फको खेल विधामा भाग लिन धुलाचौर आएपनि खेलमा सहभागि नभएरै बेपत्ता भएकी थिइन्। बिच्छ्या मावि बिच्छ्यामा कक्षा ९ मा अध्ययन भण्डारीले आत्म हत्या गरेको प्रहरीले अनुमान गरेको छ।

कल डिटेल्स र म्यासेजका प्रमाण हेर्दा भण्डारीले आफैले नदीमा हाम फालेर आत्महत्या गरेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक उद्धव सिंह भाटले बताएका छन्। भाटका अनुसार उनले लगाएको लुगाको रङका आधारमा शव पहिचान गरिएको बताएका छन्।

धुलाचौर नदीकै नदीमा पानीको बहाब बढेसँगै शनिबार शव बाहिर निस्किएको अवस्थामा भेटिएको हो। उनका लुगा र प्रमाण पत्रहरु भेटिएका छन् । भण्डारीको शवलाई प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा पोष्टमार्टम गरि आफन्तको जिम्मा लगाइएको छ।

आफन्त, प्रहरी र अन्य स्थानीयले लामो समय खोजी गरेपनि शव भेटिन सकिएको थिएन्। आफन्तले कसैले अपहरण गरेर लिएको वा विहे गरेर भारत लगेको हुन सक्ने आशंका गरेका थिए। 

प्रकाशित: १९ श्रावण २०७६ ११:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App