१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

दुई युवकको शव फेला

महोत्तरी- जिल्लाको छुट्टाछुट्टै स्थानमा बिहीबार हत्या गरिएको अवस्थामा दुई युवकको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार जिल्लाको मनरासिस्वा नगरपालिका–२ स्थित उखु बारीमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको हो।

नाम, थर, बतन नखुलेको युवकको अनुहारलगायतको भागमा हतियार प्रयोग गरिएकाले पहिचान खुल्न सकेको छैन्। 

त्यस्तै बिहीबार नै जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–६ स्थित रातु खोलाको किनारमा स्थानीय रामदत साहका छोरा २१ वर्षीय सरोज साहको हत्या गरिएको अवस्थामा शव फेला परेको छ।

युवक साहको पनि नाक, अनुहारलगायतका भागबाट रगत बगेको र शरीरको अन्य भागमा चोटपटक लागेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। दुवै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पु-याइएको छ भने दुवै घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। रासस

प्रकाशित: १७ श्रावण २०७६ १०:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App