१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

एनसेल टावरमा आगलागी प्रयास

सिन्धुपाल्चोक– नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले बिहिबार निजी क्षेत्रको टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको भोटेचौरस्थित टावर जलाउने असफल प्रयास गरेका छन्। घटनाको बेला प्रहरी गस्तीमा रहेकाले टावर जल्नबाट जोगिएको थियो।

चन्द कार्यकर्ताले बिहान करिब साढे १ बजेतिर टायर, दाउरा र प्रट्रोल प्रयोग गरी टावरमा आगो लगाउने प्रयास गरेका हुन्। त्यतिबेला भोटेचौर चौकीका सुरक्षाकर्मी गस्तिमा रहेकाले टावर जल्न नपाएको इलाका प्रहरी कार्यालय मेलम्चीका इन्स्पेक्टर महेन्द्र दर्नालले बताए। उनका अनुसार टावरमा आगो लाग्न सुरु हुनासाथ थाहा पाएका स्थानीयले प्रहरीलाई खबर गरेका थिए।  

गस्तीमा रहेको प्रहरी टोलीले टावरमा पुगेर तुरुन्तै आगो नियन्त्रणमा लिएको इन्सपेक्टर दर्नालले बताए। आगालागीबाट टावरमा प्रयोग गरिएको तार (केबुल) भने जलेको छ। बुधबार बिहान मात्रै मेलम्ची नगरपालिका–१० को कार्यालयमा आगो लगाइएको थियो। कार्यालयका सम्पूर्ण कागजात, मेसिनरी उपकरण र फर्निचार नष्ट हुने गरी आगो लगाइएको घटनामा पनि चन्द कार्यकर्ताकै संलग्नता शंका गर्दै प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। 

प्रकाशित: १६ श्रावण २०७६ १३:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App