३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

वैद्यखानामा छड्के अनुगमन

काठमाडाैं– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सिंहदरबार वैद्यखाना विकास समिति कार्यालयको आज छड्के अनुगमन गरेका छन्। उपप्रधानमन्त्री यादवले वैद्यखानाको अनुगमन गरी प्रगति विवरण र आगामी कार्ययोजना मन्त्रालयमा पेश गर्न वैद्यखानाका प्रबन्ध निर्देशकलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।

जडीबुटिजन्य औषधि उत्पादक संस्था वैद्यखानाको काम कारवाहीबारे जनगुनासो बढेपछि उनले छड्के अनुगमन गरेका हुन्। अनुमगनका क्रममा चारजना कामदार मात्रै औषधि कारखानामा काम गर्दै गरेको पाइएको थियो। करीब चार दर्जन कर्मचारी रहेको वैद्यखानामा चार जना मात्रै काम गरेको देखेर उपप्रधानमन्त्री यादवले असन्तुष्टि व्यक्त गरेका थिए।

वैद्यखानाको दुरावस्था देखेर उनले हालको प्रगति विवरण र नयाँ कार्ययोजना पेश गर्न निर्देशन दिएका हुन्। उपप्रधानमन्त्री यादवसँगै अनुगमनमा स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादव, मन्त्रालयका सचिव रामकुमार थपलिया र स्वास्थ्यमन्त्रीका सल्लाहकार डा केके राई सहभागी थिए।

प्रकाशित: १५ श्रावण २०७६ १३:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App