८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

मालपोतको राजस्व अब बैंकबाट बुझाउनुपर्ने

नेपालगन्जस्थित मालपोत कार्यालय बाँके। तस्बिरः नागरिक

नेपालगन्ज – मालपोत कार्यालय बाँकेमा सेवाग्राहीले अब बैंकमार्फत राजस्व, दस्तुर बुझाउनुपर्ने भएको छ। कार्यालयले बुधबारबाट बैंकिङ प्रणाली लागू गरेको हो।

सेवाग्राहीले मालपोत नजिकै रहेको नेपाल बैंक लिमिटेडमा पुगेर रकम जम्मा गरी कार्यालयलाई भौचर बुझाउनुपर्नेछ। उक्त प्रणालीको बुधबार एक कार्यक्रमका बीच शुभारम्भ गरियो।

कार्यालयले बैंकमार्फत् राजस्व लिने भएपछि जोखिम कम हुने विश्वास गरिएको छ। सेवाग्राहीले राजस्व, दस्तुर कार्यालयका कर्मचारीलाई सीधै बुझाउँदा आर्थिक अनियमितता तथा अपारदर्शिता हुने गरेको गुनासो बाहिर आउने गरेको थियो।

मालपोत प्रमुख प्रेमबहादुर दौल्यालले बैंकबाट राजस्व, दस्तुर सीधै बुझाउँदा अब कार्यालयमा भीडभाड कम हुने र कर्मचारीलाई पनि कामको चाप धेरै नहुने बताए।


 

प्रकाशित: १ श्रावण २०७६ ०९:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App