२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

‘मकवानपुर क्याम्पस विश्वविद्यालय बन्छ’

मकवानपुर – प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विज्ञ टोलीले मकवानपुर क्याम्पसलाई पनि प्रदेश विश्वविद्यालय बनाउन सिफारिस गरेको खुलासा गरे।

स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर बहुमुखी क्याम्पसले गुरु पूर्णिमाका अवसरमा आयोजित विशेष कार्यक्रममा बोल्दै उनले क्याम्पस छिट्टै विश्वविद्यालयमा रूपान्तरण हुने विश्वास व्यक्त गरे। क्याम्पसका अध्यक्षसमेत रहेका उनले आधुनिक परिवेशमा गुरु पूर्णिमाको महŒव झनै बढ्दै गएको बताए। उनले चेलाहरूसँगै गुरुहरू पनि बढी जिम्मेवार र असल बन्नुपर्नेमा जोड दिए। ‘

गुरुहरूले चेलाचेलीहरूबाट सम्मान मात्र खाने होइन,’ उनले भने, ‘दायित्व बोध गर्दै शिक्षा पनि राम्रो दिनुपर्छ।’ स्ववियुले मकवानपुर बहुमुखी क्याम्पसमा अध्यापन गर्ने ९२ जना प्राध्यापक, अध्यक्ष एवं मुख्यमन्त्री पौडेलसहितलाई फूलमाला तथा टोपी लगाएर सम्मान गरिएको थियो।
 

प्रकाशित: १ श्रावण २०७६ ०२:५६ बुधबार

मकवानपुर_क्याम्पस विश्वविद्यालय