२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

दिलकाजी–इन्दिराको स्मृतिमा बिरामीलाई फलफूल

खोटाङ – सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका तत्कालीन माओवादी नेताद्वय दिलकाजी कार्की र इन्दिरा कार्कीको स्मृतिमा जिल्ला अस्पताल खोटाङका बिरामीलाई फलफूल वितरण गरिएको छ।

२०५९ असार ३१ गते राज्यपक्षबाट हत्या गरिएका नेताद्वयको स्मृतिमा मंगलबार फलफूल वितरण गरिएको हो। दिलकाजी–इन्दिराको १८औं स्मृति दिवसका अवसरमा दिलकाजी–ठुलकुमार प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा नेकपाकी केन्द्रीय सदस्य समिता कार्की, जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङ, नेकपाका नेता कुमार आचार्यलगायतको सहभागिता थियो। दिलकाजी र इन्दिरा दम्पतीसमेत रहेको प्रतिष्ठानका अध्यक्ष सुरेश राईले जानकारी दिए।

प्रकाशित: १ श्रावण २०७६ ०२:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App