१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बालविवाहले सम्बन्ध बिच्छेद बढाउँदै

रुकुम– रुकुम (पश्चिम)मा वर्षेनी सम्बन्ध बिच्छेदका घटना बढ्दै गएको एक तथ्याङ्कले देखाएको छ। जिल्लामा विभिन्न कारणले सम्बन्ध बिच्छेद गर्नेहरुको संख्या बढ्दै गएको जिल्ला अदालत रुकुम (पश्चिम)को तथ्याङ्कले देखाएको छ। आर्थिक वर्ष २०७५/०७६ मा मात्रै एक सय ५४ वटा सम्बन्ध बिच्छेका उजुरी दर्ता भएको जिल्ला न्यायाधीश आत्मदेव जोशीले जानकारी दिए। महिला र पुरुष दुवैले सम्बन्ध बिच्छेदको माग गर्दै अदालतमा उजुरी दर्ता गरेको उनको भनाई छ।

एक वर्षको अवधिमा एक सय १७ जना महिला र ३७ जना पुरुषले सम्बन्ध विच्छेदको माग गर्दै उजुरी दर्ता भएको जिल्ला न्यायाधीश जोशीले जानकारी दिए । मंगलबार अदालतले गरेको काम र उपलब्धीको बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले बाल विवाहकै कारण सम्बन्ध बिच्छेदका घटना बढिरहेको बताए। ‘यो जिल्लामा बाल विवाह अत्याधिक हुने रहेछ,’ जिल्ला न्यायाधीश जोशीले भने, ‘त्यसै कारणले यहाँ सम्बन्ध बिच्छेदका घटनाहरु पनि वर्षेनी बढ्दै गएका छन्।’

वैदेशिक रोजगारी पनि सम्बन्ध बिच्छेदको अर्काे मुख्य कारण रहेको उनको भनाई छ। अदालतमा दर्ता भएका सम्बन्ध बिच्छेदका प्रयाः सबै उजुरी बाल विवाह, वैदेशिक रोजगारी, गरिबी, अशिक्षा लगायतका कारण हुने गरेको जिल्ला न्यायधिश जोशीले बताए। जिल्लामा १९ वर्षीया बालिकादेखि ६५ वर्षीया बृद्धासम्मले सम्बन्ध बिच्छेदको माग गर्दै उजुरी दर्ता गरेको उनले जनाए। अदालतमा दर्ता भएको सम्बन्ध बिच्छेदका उजुरी मध्ये  एक सय १७ वटाको फर्छ्यौट भएको बताएको छ। 

६४ प्रतिशत मुद्दा फर्छ्यौट 

जिल्ला अदालतले आर्थिक वर्ष २०७५/०७६ मा ६४ दशमलब २७ प्रतिशत मुद्दा फछ्यौट गरेको जानकारी दिएको छ। अदालतमा दर्ता भएका जम्मा ५ सय २९ मुद्दामध्ये मा तीन सय ४० थान मुद्दाको फछ्यौट गर्न सफल भएको जिल्ला न्यायाधीश जोशीले जानकारी दिए। उनका अनुसार यस आर्थिक वर्षमा ४ सय १२ थान विभिन्न प्रकृतिका नयाँ मुद्दा दर्ता भएका थिए भने एक सय १७ थान मुद्दा गत आर्थिक वर्षमा जिम्मेवारी सरी आएका हुन्। 

अब जिल्ला अदालतमा एक वर्ष बढिका मुद्दा ७ वटा मात्रै रहेका छन्। अर्काे वर्षको लागि चालु आर्थिक वर्षबाट एक सय ८२ थान मुद्दाको जिम्मेवारी सरी गएको जिल्ला न्यायधिश जोशीले बताए। जिल्लामा सबैभन्दा बढि सम्बन्ध बिच्छेदका एक ५४ वटा, जबरजस्ती करणी २८ वटा, लेनदेन ४६ वटा, विवाह बदर १४ वटा मुद्दा दर्ता भएको बताइएको छ। विभिन्न ४१ प्रकृतिका मुद्दा अदालतमा दर्ता भएको जनाइएको छ। 

अदालतले ३ सय ८० मुद्दा दर्ता हुनसक्ने लक्ष्या राखेको भएपछि लक्ष्य भन्दा एक ४९ मुद्दा बढि दर्ता भएको अदालतका श्रेष्तेदार शिवहरी सुवेदीले जानकारी दिए। दर्ता हुसक्ने मुद्दाको आधारमा २ सय ७४ वटा फछ्र्यौट गर्न लक्ष्य भएपनि ६६ वटा लक्ष्य भन्दा बढि फछ्र्याैट भएको उनले बताए। 

प्रकाशित: ३१ असार २०७६ १४:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App