११ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

भारतीय तटबन्धनले डुबेको बस्तीमा राहत लिएर पुगे प्रहरी प्रमुख

रौतहट– बाढी र डुबानबाट प्रभावित रौतहटमा प्रहरी प्रमुख राहत वितरणमा निस्किएका छन्। रौतहटका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले सोमबार इशनाथ नगरपालिका १ बन्जरहामा ढुंगामा राहत सामग्री लिएर प्रभावित बस्तीमा पुगेका हुन्। 

स्थानीय सरकारका प्रमुखसमेत रहेका मेयर सन्तोष मेहता बाढी प्रभावित बस्तीमा चौथो दिनसम्म नपुगेका बेला एसपी खत्री चार सय घर परिवारको लागि राहत सामग्री ढुङ्गामै राखेर लालबकैया खोला हुँदै बन्जरहा पुगेका छन्।

भारत सरकारले दशगजामै तटबन्ध निर्माण गरेपछि बन्जरा गाउँमा वर्षा र लाल बकैयाको पानी थुनिएर करिब छ सय घरको २५ सय भन्दा बढी परिवार प्रभावित भएका थिए।

जिल्लामा ७० हजार घर बाढीबाट प्रभावित भएका छन्। कतिपय स्थानमा स्थानीय तहले सामूहिक मेस नै सन्चालन गरेर पीडितलाई खाना खुवाइ रहेका छन्। बाढीको कारण रौतहटमा ९ जनाको ज्यान गएको छ। २ जना बेपत्ता छन्।

प्रकाशित: ३० असार २०७६ १५:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App