१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

देह व्यापारको आरोपमा सात जना पक्राउ

धनगढी- विकास होटल र होटल रोयल प्लेसमा यौन व्यापार गराउने कार्यमा संलग्न रहेको आरोपमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत उत्तर प्रदेश, रक्षपुरम मेरठका मिलिङ्गी त्यागी, विश्वदीप त्यागी, अभिषेक सिनसिनवार, धनगढीका सदानन्द राना, रामशरण राना र सन्तबहादुर थापा, कञ्चनपुर बेलौरीका अक्षय राना रहेको जिल्ला प्रहरी कार्यालयका कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले बताए।

होटलमा देहव्यापार हुने गरेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ती व्यक्तिलाई पक्राउ गरेको हो। शनिबार राति उनीहरुलाई पक्राउ गरिएकामा प्रहरीले आज मात्र उक्त घटना सार्वजनिक गरेको हो।

यसैबीच कैलालीको लम्कीचुहा नगरपालिका-७ बाहुनपुर गाउँको चोरी खोलामा सडेगलेको अवस्थामा आइतबार एक पुरुषको शव फेला परेको छ। अन्दाजी ४०-४५ उमेरको मृतक व्यक्तिको पहिचान हुन नसकेको र शव टीकापुर अस्पतालको शवगृहमा राखिएको पनि जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: ३० असार २०७६ ०९:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App