२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

बाँध फुटेपछि सुरक्षित स्थानमा सारियो

रौतहट– बागमती नदीको बाँध फुटेर बाढी बस्तिमा पसेपछि रौतहट प्रहरीले करिब २५ घरका १ सय ५० जनालाइई सुरक्षित स्थानमा सारिएको छ। गढिमाइ नगरपालिका–३ लक्ष्मिपुर नजिक तटबन्ध फुटेपछि लक्ष्मिपुरका १ सय ५० जनालाई सुरक्षित स्थानमा सारिएको हो।

यस्तै झाझ र बागमती खोलामा आएको बाढी गाउँमै प्रवेश गरेपछि दुर्गा भगवती गाउपालिका–५ वडहर्वाका १५ घर परिवारका एक सय जनालाई प्रहरीले सुरक्षित स्थान तर्फ उद्वार गरेको जनाएको छ।

अहिले पानीको सतह पहिला भन्दा धेरै बढिरहेको छ। सदरमुकाम गौरमा स्थानीय प्रशासनले माइकिङ गरेर स्थानीय लाई सचेत गराई रहेको छ।

सदरमुकाम गौरसहित दर्जन गाउँ वरिपरि बाढिको पानी पसिसकेकाले स्थानीय प्रशासनले आफ्नो धनमाल सुरक्षित राख्न र केही भए प्रहरीलाई खबर गर्न माइकिङ गरिरहेका छन्। अविरल वर्षाले दर्जन बढी घर भत्किएको छ। चारैतिर सडक सजाल भत्केर अवरुद्व भइरहेको छ।

प्रकाशित: २७ असार २०७६ १०:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App