२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

भोजपुरमा दुईको मृत्युः जसको चर्पी बस्दाबस्दै गयो ज्यान

भोजपुर– पाँच दिनदेखि परेको अविरल वर्षाले भोजपुरमा दुई जनाको ज्यान गएको छ।  अविरल वर्षातको कारण घर भत्किँदा र चर्पी बगाउँदा मृत्यु भएको हो। वर्षापछि आएको पहिरोले चर्पी बगाउँदा चर्पीसँगै टेम्केमैयुम गाउँपालिका–९ लेखर्कका जनक विकको मृत्यु भएको छ। रामप्रसाद राई गाउँपालिका–७ बासिखोराका जगत बहादुर राईको घरको चुलि ग्राह्रो भत्किएर मृत्यु भएको हो।

घरको पिँढीमा सुतिरहेका अवस्थामा ६६ वर्षिय जगतबहादुर राईको राईको फुसको छानोले बनेको एक तले घरको चुली गाह्रो भत्किएर किचेपछि ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक पाण्डव राजवंशीले बताए। घरमा अन्य सदस्यहरु घर बाहिर रहेकाले उनीहरु सुरक्षित रहेको प्रहरी निरिक्षक राजवंशीले जानकारी दिए।

मृत अवस्थामा राईको शव स्थानीयले देखेपछि अस्थायी प्रहरी चौकी बैकुण्ठेमा खबर गरेका थिए। घटनास्थलमा पुगेर प्रहरी टोलीले उनको शव निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ। लेखर्कका १४ वर्षीय जनक विकको पनि चर्पी बस्दाबस्दै पहिरोले पुरिएर मृत्यु भएको हो। शुक्रबार विहान करिब ८ बजेतिर चर्पी बस्ने क्रममा पहिरोले चर्पी नै बगाएपछि उनको मृत्यु भएको स्थानीय अनिल कुमार राईले बताए। पहिरोले करिब १७ मिटर तल मान्छेसहित चर्पी बगाएको थियो।

प्रकाशित: २७ असार २०७६ ०७:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App